मालवाहक जहाजमा हुथी आक्रमण, ६ जनाको मृत्यु

एजेन्सी


सना । इजिप्टको स्वामित्वमा रहेको मालवाहक जहाज तिहामाहमाथि बाब अल–मन्देब स्ट्रेट क्षेत्रमा हुथी विद्रोही समूहले गरेको आक्रमणमा कम्तीमा ६ जनाको मृत्यु भएको छ । इयमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले जनाएको भन्दै अल जजिराले समाचार छापेको छ । घटनामा १० जना घाइते भएको जनाइएको छ ।
यमनी यातायात मन्त्रालयका अनुसार हुथीहरूले जहाजमाथि तीन वटा ब्यालिस्टिक मिसाइल प्रहार गरेका थिए । मिसाइल प्रहारपछि जहाजमा आगलागी हुनुका साथै ठुलो क्षति पुगेको थियो । मृतकमध्ये तीन जना पाकिस्तानी र एक जना इन्डोनेसियाली नागरिक रहेको बताइएको छ ।
आक्रमणको निन्दा गर्दै हुथीविरुद्ध प्रभावकारी र निर्णायक कदम चाल्न यमनको विदेश मन्त्रालयले अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेको छ । हुथी समूहले भने घटनाबारे आधिकारिक प्रतिक्रिया दिएको छैन । यद्यपि, हुथी नियन्त्रित समाचार संस्था साबाले बाब अल–मन्देबमा सैन्य सामग्री बोकेको साउदी जहाजमाथि आक्रमण गरेको दाबी गरेको छ ।
यमनमा हुथी र साउदी समर्थित सरकार बिचको लामो समयदेखिको युद्धविराम भंग भएपछि क्षेत्रमा तनाव थप बढेको छ । सन् २०२२ मा संयुक्त राष्ट्रसङ्घको पहलमा भएको युद्धविरामको अवस्था पछिल्लो समय कमजोर बनेको छ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















