त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ जना भारतीय नागरिक १८ केजी थाई गाँजासहित पक्राउ

नवलपुर टुडे


काठमाडौँ । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १८ केजी गाँजा बरामद गरेको छ । पक्राउ पर्नेमा क्याथे प्यासिफिकको उडान हुँदै आएका भारत पन्जाब घर भएका ३६ वर्षीय सन्जिभकुमार र २६ वर्षीय रविकुमारलाई लागुऔषध नियन्त्रण ब्युरोको टोलीले पक्राउ गरेको हो ।
भारतीय नागरिकहरुले थाइल्याण्डको बैंककबाट हङकङ ट्रान्जिट भएर सो गाँजा ल्याएका हुन् । मंगलबार राति गाँजा लिएर आएका २ जना भारतीय नागरिकलाई पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्युरोका एसएसपी सुवास बोहराले रातोपाटीलाई बताए । आरोपीहरूले प्रहरीलाई झुक्याउन बैङ्ककबाट हङकङ पुगेर नेपाल ओर्लिएको प्रहरीको अनुसन्धानले देखाएको छ । एसएसपी बोहरा भन्छन्– ‘बैङ्ककबाट सिधै आउँदा निगरानीमा पर्ने भएपछि उनीहरू हङकङबाट आएको देखिन्छ ।’
आरोपीहरूमाथि ब्युरोले लागुऔषध सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ । थाइल्याण्डबाट गाँजा ओसारपसार गर्नेहरूले पक्राउबाट बच्न आगमन तर्फको भन्सार एरियामा लगेज छाडेर केही दिन पछि एजेन्ट मार्फत लगेज दाबी गरेर लैजाने गरेको भेटिएको छ ।

दाङमा दैनिक दुई हजार ५०० कार्टुन अण्डा उत्पादन

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणको प्रक्रिया थालियो

बाख्रापालनको तरिका सिकाउँदै तनहुँ जलविद्युत् आयोजना


मौरिस हर्जोग पदमार्गमा सूचना केन्द्र स्थापना
अरुपनि पढ्नुहोस
सबै
बिर्तामोडमा आगलागीबाट ६ करोड बराबरको क्षति

आज तीनवटा प्रदेशका केही भूभागमा वर्षा र हिमपातको सम्भावना

औद्योगिक विकास र व्यापार सहजीकरणका लागि ‘नेपाल प्रत्यायन केन्द्र’ स्थापना

चौँरी गोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर
















