सुशासन र समृद्धिको आधार निर्माणमा युवाको सक्रिय भूमिका अपरिहार्य छ : संयोजक प्रचण्ड

नवलपुर टुडे


काठमाडौं, साउन २७ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको राजनीतिक, सामाजिक तथा सांस्कृतिक परिवर्तनमा युवाहरूको संघर्ष, साहस र योगदान महत्वपूर्ण रहँदै आएको बताएका छन् ।
अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले उनले संघीय लोकतान्त्रिक गणतन्त्रलगायत प्राप्त उपलब्धिको रक्षा गर्दै सामाजिक न्याय, समानता, सुशासन र समृद्धिको आधार निर्माणमा युवाको सक्रिय भूमिका अपरिहार्य रहेको बताए ।
‘नेपालको राजनीतिक, सामाजिक र सांस्कृतिक परिवर्तनमा युवाहरूको संघर्ष, साहस र योगदान सदैव महत्वपूर्ण रहँदै आएको छ, उनले भने, ‘आज प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलगायतका उपलब्धिको रक्षा गर्दै सामाजिक न्याय, समानता, सुशासन र समृद्धिको आधार निर्माणमा युवाहरूको सक्रिय भूमिका अपरिहार्य छ ।’
उनले युवाका लागि अवसर सिर्जना गर्दै उनीहरूको क्षमता र प्रतिभालाई देशको विकासमा उपयोग गर्न सबै पक्षले पहल गर्नुपर्ने बताए ।
उनले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा सम्पूर्ण युवामा शुभकामना व्यक्त गरेका छन् ।

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त


अरुपनि पढ्नुहोस
सबै
तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने
















