देश

युवाको सहकार्यबाट राज्यको भविष्य निर्माण गर्नुपर्छ : बुर्लाकोटी

रासस
२०८३ साउन २६ | मध्यान्ह ०५:०४ बजे

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका मुख्य सचेतक कविन्द्र बुर्लाकोटी युवाको सहकार्यमा राज्यको भविष्य निर्माण गर्नुपर्ने बताएका छन्।

मंगलबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै उनले अन्तरराष्ट्रिय युवा दिवसको विषयमा विचार राखेका थिए। साेही सन्दर्भमा उनले जेनजी आन्दोलनको पृष्ठभूमि युवा भएको स्मरण गर्दै नेपालको बदलिदो भविष्यका लागि युवा अपरिहार्य रहेको बताए।

उनका अनुसार करिब ४३ प्रतिशत जनसङ्ख्या रहेको युवाका मुद्दालाई राजनीतिकको मूलधारमा ल्याउनु आवश्यक रहेको बताए । उनले भने, “आजको युवा पुस्ताले केवल मतदान गरेर मात्रै होइन, पुरानो राजनीतिक संस्कृतिमाथि प्रश्न उठाएर परिवर्तनको ढोका खोलेको छ ।”

मुख्य सचेतक बुर्लाकोटीले युवाको समस्या बेरोजगारी मात्रै नभई लागुऔषध, मानसिक स्वास्थ्य, तनाव परामर्शको अभाव, निराशा र भविष्यप्रतिको अनिश्चिततालगायत रहेको बताए। यी समस्याको समाधान गर्न आफ्नो पार्टी संवेदनशील रहेको बताए।

कमेन्टहरु