फोनिज यूएईको तेस्रो अधिवेशन सम्पन्न, सूर्यबहादुर खवासको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा


प्रवास दुबई, यूएई |
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) यूएईको तेस्रो अधिवेशन १२ जुलाई २०२६ (आइतबार) दुबईस्थित नाङ्लो रेस्टुरेन्टको सभाहल मा भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनमा नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन भए पनि नवनिर्वाचित कार्यसमितिको आधिकारिक घोषणा भने ३२औँ विश्व आदिवासी दिवस, ९ अगस्ट २०२६ को अवसरमा गरिएको हो।

अधिवेशनको अध्यक्षता फलेन्द्र बलम्पाकी मगर ले गरेका थिए भने नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) यूएईका अध्यक्ष भागीरथी कुमार भगत प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा नेफिन यूएईमा आबद्ध करिब १२ वटा जातीय संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरू को उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको स्वागत मन्तव्य फोनिज यूएईका सदस्य कविराज राजवंशी ले व्यक्त गरेका थिए। त्यसैगरी विभिन्न जातीय संस्थाका अध्यक्षहरूले शुभकामना तथा आ-आफ्ना धारणा राखेका थिए।
प्रमुख अतिथि भागीरथी कुमार भगत ले आदिवासी जनजातिका हक, अधिकार र पहिचानका मुद्दालाई निरन्तर रूपमा उठाउँदै आएको फोनिजको भूमिकाको प्रशंसा गर्दै प्रवासमा फोनिजको आवश्यकता र महत्वबारे प्रकाश पारे। उनले युवा, जुझारु र सक्षम नेतृत्वसहित बलियो कार्यसमिति गठन भएको उल्लेख गर्दै नवनिर्वाचित पदाधिकारीलाई सफल कार्यकालको शुभकामना व्यक्त गरे।

अधिवेशनको निर्वाचन प्रक्रिया नेफिन यूएईका प्रमुख संरक्षक विक्रम लिम्बू को संयोजकत्वमा सम्पन्न भएको थियो। निर्वाचन समितिको उपसंयोजकमा नेफिन यूएईका प्रमुख सल्लाहकार बुद्धि मेवाहाङ राई तथा सदस्यमा नेफिन यूएईका सल्लाहकार एवं निवर्तमान महासचिव कुमार मलामी रहेका थिए।

कार्यक्रमको औपचारिक सञ्चालन नेफिन यूएईकी महासचिव मनिषा लिम्बू र सचिव देवबहादुर घर्ती ले संयुक्त रूपमा गरेका थिए।
नवनिर्वाचित कार्यसमिति
अध्यक्ष:
- सूर्यबहादुर खवास
उपाध्यक्षहरु:
- कविराज राजवंशी
- सचिन्द्र श्रेष्ठ
- सन्देश तामु
- श्यामबहादुर चौधरी
सचिव:
- किशोरी लामा
सहसचिव:
- सञ्जीव घर्तीमगर
कोषाध्यक्ष:
- राम छिलिङ राई
सहकोषाध्यक्ष:
- आनन्द कुमार बुजेल
सदस्यहरू:
- जीवन तामाङ
- रेमिका सुनुवार श्रेष्ठ
- बिन्दु सुनुवार
- अमृता बन्तावा
- सञ्जय भुजेल
- दिना कुमाल
- स्नेहा तामु
- प्रसाद तामु
- रोशन महतो
- दिलीप हाङ आङ्देम्बे
- टिका फियाक येक्तेन लिम्बू
- देवीमाया सुनुवार

नवनिर्वाचित कार्यसमितिले प्रवासमा रहेका आदिवासी जनजाति पत्रकारहरूको पेशागत क्षमता अभिवृद्धि, पत्रकारिताको विकास, संस्थागत सुदृढीकरण तथा आदिवासी जनजाति समुदायका आवाजलाई प्रभावकारी रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरेको छ।






















