माडीमा २५ मेघावाटको विद्युत् लैजान निकुञ्जमा तार भूमिगत गरिँदै

रासस


चितवन । चितवन राष्ट्रिय निकुञ्जको आठ किलोमिटर क्षेत्रमा विद्युतीय तार भूमिगतको काम अघि बढेको छ । नेपाल विद्युत् प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालयले बोलपत्र आह्वान गरी ठेक्का सम्झौता गरेसँगै काम अघि बढेको हो ।
करिब रु १७ करोड ८६ लाखको लागतमा २५ मेघावाट विद्युत् प्रवाह हुने गरी शारदा एण्ड सुम्नीमा भिसान जेभीले काम अघि बढाएको हो । अहिले भएको भूमिगत विद्युतीकरणमा पटकपटक समस्या आएपछि पुनः नयाँ भूमिगत विद्युतीकरण गर्न लागिएको विद्युत् प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालयले जनाएको छ ।
समय समयमा विद्युत् प्रवाहमा समस्या आउने र समस्या पहिचान गर्न लामो समय लाग्ने हुँदा नयाँ भूमिगत विद्युतीकरण गर्न लागिएको उनले जानकारी दिए । ठेक्का सम्झौतासँगै ठेकेदार कम्पनीले भूमिगत विद्युतीकरणका लागि नक्साङ्कनको काम सम्पन्न गरेर २५ मेघावाटको विद्युत् प्रवाह गर्न सक्ने तारको खरिद प्रक्रियामा रहेको कार्यालयका प्रमुख झाले उल्लेख गरे । वर्षात सकिएसँगै कामले तीव्रता पाउने उनले बताए ।
माडीमा नेपाल विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रले विद्युत् प्रवाह गर्दै आएको छ । जहाँ ११ हजार ७०० ग्राहक रहेको वितरण केन्द्रका प्रमुख रुद्रराज विष्टले जानकारी दिए । उनका अनुसार घरायासी एवं सिँचाइको प्रयोजनका लागि ती ग्राहक रहेका छन् ।
जिल्लाका माडी नगरपालिलाई चारैतिर जङ्गलले घेरेको छ । धेरैजसो भागमा चितवन राष्ट्रिय निकुञ्ज पर्दछ । माडीवासी सदरमुकाम भरतपुर आउजाउ गर्न निकुञ्जकै बाटो प्रयोग गर्नुपर्दछ । गत वैशाख ७ गते नौ महिनाभित्र काम सम्पन्न गर्ते गरी ठेक्का सम्झौता पछि काम अघि बढेको हो ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















