श्रीलङ्काको जेलमा पुनः हिंसा, दुई कैदीको मृत्यु

एजेन्सी
२०८३ साउन २३ | बिहान ०८:०४ बजे

श्रीलङ्का । श्रीलङ्काको कुरुविता जेलमा पुनः शुक्रबार कैदीहरूबिच भएको हिंसात्मक झडपमा दुई कैदीको मृत्यु भएको छ भने १५ अन्य घाइते भएका छन् । घाइतेहरूलाई अस्पतालमा भर्ना गरिएको छ अधिकारीहरूले बताएका छन् ।
अधिकारीका अनुसार पछिल्ला २४ घण्टामा जेलमा हिंसाको यो दोस्रो घटना हो । यसअघि कोलम्बोको मुख्य हिरासत परिसरमा पनि झडप भएको र यसमा एक कैदीको मृत्यु र ११ जना घाइते भएका थिए ।
दुवै जेलमा सेना तैनाथ गरेर स्थिति नियन्त्रणमा लिइएको छ । पछिल्ला हप्ताहरूमा श्रीलङ्काका धेरै जेलहरूमा हिंसा भएको छ । मानव अधिकार सङ्गठनहरूको भनाइ छ कि जेलहरूमा अत्यधिक भीडभाड यस्ता घटनाहरूको प्रमुख कारण हो।






















