लुम्बिनी प्रदेश, शिक्षा

कपिलवस्तुको विजयनगर गाउँपालिका- २ अवस्थित नेपाल तारा माविमा ४ कोठे भवनको शिलान्यास

धर्मेन्द्र कुमार कुर्मी
२०८३ साउन २२ | मध्यान्ह ०९:०४ बजे

कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिका- २, मगरघट्टामा अवस्थित नेपाल तारा माध्यमिक विद्यालयमा ४ कोठे नयाँ विद्यालय भवनको शिलान्यास गरिएको छ । गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापा, उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी तथा पूर्व मन्त्री रुपा विकका प्रतिनिधि सुरज विकले संयुक्त रूपमा भवनको शिलान्यास गरेका हुन् । पूर्व मन्त्री रुपा विकको विशेष पहलमा प्राप्त बजेटबाट विद्यालयको नयाँ भवन निर्माण कार्य सुरु हुन लागेको हो ।766356527 1707380083879803 3440046734897069193 n

शिलान्यास कार्यक्रममा गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालयको भौतिक पूर्वाधार सुदृढ हुनु आवश्यक रहेको बताउँदै नयाँ भवन निर्माणसँगै विद्यालयको शैक्षिक वातावरण थप सुधार हुने विश्वास व्यक्त गरे । उनले निर्माण कार्यलाई गुणस्तरीय, पारदर्शी र निर्धारित समयमै सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह समेत गरे ।

यस्तै उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले विद्यार्थीलाई सुरक्षित र व्यवस्थित सिकाई वातावरण उपलब्ध गराउन गाउँपालिकाले शिक्षा क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको बताइन् । उपाध्यक्ष चाैधरीले नयाँ भवन निर्माणले विद्यालयको शैक्षिक गतिविधि थप प्रभावकारी बन्ने धारणा व्यक्त गरिन् ।

761413329 1347108547572370 2228549179833575090 n

यसैगरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रघुनाथ प्रसाद चाईले विद्यालयको दीर्घकालीन आवश्यकता पूरा हुने गरी भवन निर्माण हुन लागेको भन्दै बजेट व्यवस्थापनका लागि पहल गर्ने पूर्वमन्त्री रुपा विक तथा सहयोग गर्ने गाउँपालिकाका जनप्रतिनिधिप्रति आभार व्यक्त गरे । कार्यक्रममा प्रधानाध्यापक देवेश कुमार मौर्यले पनि विद्यालयको पूर्वाधार विकासले विद्यार्थीलाई प्रत्यक्ष लाभ पुग्ने उल्लेख गर्दै निर्माण कार्य गुणस्तरीय रूपमा सम्पन्न गर्न सबै पक्षले सहयोग गर्नुपर्नेमा जोड दिए ।

भवन निर्माणको ठेक्का रेसुङ्गा बी.एल. जेभी कम्पनीले पाएको छ । कम्पनीका ठेकेदार तिलकराम पौडेलका अनुसार करिब १ करोड रुपैयाँको लागतमा भवन निर्माण गरिनेछ । उनले निर्माण कार्य निर्धारित मापदण्डअनुसार समयमै सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक तथा स्थानीयवासीहरूको सहभागिता रहेको थियो ।

कमेन्टहरु