समाचार

रौतहटमा अवैध सालको काठ बरामद, तस्कर फरार

अशोक यादव
२०८३ साउन २२ | मध्यान्ह ०४:०४ बजे

रौतहट, साउन २२। रौतहटको गुजरा नगरपालिका–२ मैढा क्षेत्रमा वन गस्ती टोलीले अवैध रूपमा ओसारपसार भइरहेको साल जातको काठ बरामद गरेको छ।

डिभिजन वन कार्यालय रौतहटका अनुसार मिति २०८३ साल साउन २२ गते बिहान करिब ३ बजे चोचा सव-डिभिजन वन कार्यालयबाट खटिएको गस्ती टोलीले गस्ती गर्ने क्रममा तस्करहरूले टोलीलाई देखेपछि साल जातको ६.९६ क्युबिक फिट काठ र एउटा साइकल घटनास्थलमै छाडेर फरार भएका थिए।

बरामद गरिएको काठ आवश्यक कानुनी कारबाहीका लागि चोचा सव-डिभिजन वन कार्यालयमा ल्याइएको छ। फरार भएका तस्करहरूको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको डिभिजन वन कार्यालय रौतहटले जनाएको छ।

वन कार्यालयले वन पैदावारको अवैध तस्करी नियन्त्रणका लागि नियमित गस्ती तथा निगरानीलाई थप प्रभावकारी बनाइएको समेत जनाएको छ।

कमेन्टहरु