लुम्बिनी प्रदेशका पाल्पा, अर्घाखाँची र रुकुम (पूर्व)का तीन सडकखण्ड अवरुद्ध

नवलपुर टुडे
२०८३ साउन २१ | बिहान ०८:०४ बजे

बुटवल । लगातारको वर्षाका कारण देशभरका विभिन्न सडकखण्ड अवरुद्ध भएका छन् । लुम्बिनी प्रदेशमा पनि तीन सडकखण्ड पूर्ण रुपमा बन्द रहेको प्रहरीले जनाएको छ । पाल्पा, अर्घाखाँची र रुकुम (पूर्व)मा सडक अवरुद्ध भएका हुन् ।
अर्घाखाँचीको सन्धिखर्क र महेन्द्र राजमार्ग (पूर्वपश्चिम) गोरुसिङे जोड्ने मुख्य सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । पाल्पाको कालीगण्डकी करिडोरअन्तर्गत निस्दी–१ मा पहिरो जाँदा सडक पूर्ण अवरुद्ध भएको छ । रुकुम (पूर्व)मा मध्यपहाडी राजमार्ग अन्तरगत भुमे गाउँपालिका–३ काडाबजार क्षेत्रमा पहिरो जाँदा सडक पूर्ण अवरुद्ध भएको छ ।
पानी परिरहेकोले अन्य स्थानमा पनि अत्यावश्यक कामबाहेक यात्रा नगर्न नेपाल प्रहरीले आग्रह गरेको छ ।






















