एकताबद्ध र सशक्त कांग्रेसले मात्रै देशका समस्या समाधान गर्न सक्छ : नैनसिंह महर

नवलपुर टुडे


काठमाडौं, साउन २०। नेपाली कांग्रेसका नेता नैनसिंह महरले पार्टीभित्रको एकता र संगठन सुदृढीकरणमा जोड दिएका छन् । ‘देश र कांग्रेस जोड्ने अभियान’ अन्तर्गत आयोजित एकता, सद्भाव र विमर्श कार्यक्रममा बोल्दै महरले कांग्रेसलाई एकताबद्ध, सशक्त र जनमुखी पार्टी बनाउनुपर्ने बताएका हुन् ।उनले कांग्रेसका लाखौँ नेता–कार्यकर्ताले वडा सदस्यदेखि प्रधानमन्त्रीसम्मको जिम्मेवारी लिने सपना बोकेर पार्टीमा योगदान गरिरहेको उल्लेख गर्दै सबैको साझा उद्देश्य जनताको सेवा र पार्टीको उद्देश्य पूरा गर्नु रहेको बताए ।
महरले देशभरका नेता–कार्यकर्तासँग संवाद गरेको र करिब ६ हजारभन्दा बढी सुझाव तथा प्रतिक्रियाहरू प्राप्त भएको जानकारी दिए । उनका अनुसार कांग्रेसका अधिकांश नेता–कार्यकर्ता पार्टीलाई एकताबद्ध र सशक्त अवस्थामा देख्न चाहन्छन् ।
उनले कांग्रेसलाई बीपी कोइरालाले स्थापना गरेको साझा घरको संज्ञा दिँदै घरभित्रका असमझदारीलाई संवाद र सहअस्तित्वबाट समाधान गर्नुपर्ने बताए ।
‘घरमा कहिलेकाहीँ असमझदारी हुन्छ, तर परिवारभित्र एकअर्काको सम्मान गर्दै अघि बढिन्छ। त्यही नै पार्टीको चरित्र पनि हो,’ उनले भने ।
महरले कांग्रेसमा पुराना पुस्तादेखि नयाँ पुस्तासम्म सबैको योगदानलाई समेट्नुपर्ने बताए । उनले २००७ सालअघिको संघर्षदेखि पञ्चायतविरोधी आन्दोलन र पछिल्लो पुस्तासम्मका सबै विचार र सम्भावनालाई पार्टीले समेट्न नसके कांग्रेस कमजोर हुने चेतावनी दिए ।
राष्ट्रियता र वर्तमान राजनीतिक अवस्थाबारे बोल्दै उनले बीपी कोइरालाले अघि सारेको मेलमिलापको नीति अहिले झनै सान्दर्भिक बनेको बताए। देशमा सामाजिक, आर्थिक र राजनीतिक समस्या बढ्दै गएको उल्लेख गर्दै उनले जनतामा निराशा देखिएको दाबी गरे ।
‘व्यापारी, किसान, चिकित्सक, शिक्षक, विद्यार्थी सबै कुनै न कुनै समस्याबाट प्रभावित छन् । बेरोजगारीदेखि आर्थिक संकटसम्मका समस्या छन्,’ उनले भने ।
महरले विभाजित कांग्रेसले देशका चुनौती सामना गर्न नसक्ने भन्दै एकताबद्ध कांग्रेस आवश्यक रहेको बताए । ‘खण्डित नेपाली कांग्रेसले सक्दैन, एकताबद्ध र सशक्त कांग्रेसले मात्रै देशका ज्वलन्त समस्याको समाधान गर्न सक्छ,’ उनले भने । न्यूज बैंक

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त


अरुपनि पढ्नुहोस
सबै
तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने
















