शून्य फोहर महाअभियान सुरु गर्दै हेटौँडा उपमहानगरपालिका

रासस
२०८३ साउन २० | मध्यान्ह ०५:०४ बजे

मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले यही साउन महिनाभित्रै शून्य फोहर महाअभियान सुरु गर्न लागेको छ ।
हेटौँडा बागमती प्रदेशको केन्द्रका रुपमा रहेको उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८३/८४ लाई ‘पर्यटन वर्ष’ घोषणा गरेकाले त्यस पक्षलाई दृष्टिगत गरी शून्य फोहर महाअभियान सुरु गर्न लागिएको वन, वातावरण तथा विपद् व्यवस्थापन महाशाखाका प्रमुख सत्यदेवी अधिकारीले जानकारी दिइन् ।






















