संयुक्त राष्ट्रसङ्घद्वारा मध्यपूर्वमा युद्ध अन्त्य गर्न आह्वान


काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा सबै क्षत्रमा चलिरहेको युद्ध यथा सिग्र रोक्नुपर्ने बताएका छन् ।
यस क्षत्रमा युद्धको अन्त्य भई दिगो शान्ति स्थापना हुनुपर्ने र होर्मुज र बाब अल–मन्डबको जलमार्गमा र वरपरका अन्तर्राष्ट्रिय आवागमन अधिकार र स्वतन्त्रताहरू पूर्णरूपमा पुनः स्थापित हुनुपर्ने बताउँदै गुटेरेसले कूटनीतिक उपाय नै विजयीको विश्वासिलो माध्यम हुनुपर्ने बताएका छन् ।
संयुक्त राष्ट्रसङ्घका प्रमुख गुटेरेसले होर्मुजको जलमार्गबाट हुने व्यापार ध्वस्त भएको, ऊर्जा बजार उक्लिएको, खाद्यान्न र मलको मूल्य बढेको र आपूर्ति शृङ्खलामा कमी आएको उल्लेख गरेका छन् ।
द्वन्द्वका कारण विश्वभर खाद्यान्न लगायतका आधारभूत सामग्रीको आयातमा कमजोर देशहरू अझै कमजोर बनिरहेको गुटेरेसले उल्लेख गरेका छन् । विश्व खाद्य कार्यक्रमले ४५ करोड मानिसहरूले द्वन्द्वको परिणाम स्वरूप तीव्र खाद्य असुरक्षाको सामना गरिरहेको चेतावनी दिँदै बढ्दो मूल्य वृद्धिले लाखौँलाई फेरि गरिबीमा धकेल्ने खतरा बढेको जनाएको छ ।
उनले हमासलाई आफ्नो हतियार त्याग्न र इजरायललाई गाजाबाट आफ्नो सेना फिर्ता लिनका लागि सम्झौताको अमेरिकी. घोषणालाई शुभ समाचारको रूपमा स्वागत गरेका छन् ।
“यी उद्देश्यहरू कार्यान्वयन गर्न स्पष्ट आधार भएको यसअघि नै घोषणा गरिएको उल्लेख गर्दै उनले शङ्का वा यसलाई कमजोर पार्ने दृढ सङ्कल्पविना दुवै पक्षले सहमति कार्यान्वयन गर्ने समय आएको बताएका छन् ।





















