बागमती सफाइ अभियान : ६९०औँ हप्ता पूरा

रासस


काठमाडौँ । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ सुरु भएको बागमती सफाइ महाअभियान ६९०औँ हप्ता सम्पन्न भएको छ । सफाइ महाअभियानको ६९०औँ हप्तामा गुह्येश्वरी फाँटस्थित बागमती नदी किनारमा सफाइ गरिएको हो ।
सफाइबाट आधा टन नकुहिने फोहर व्यवस्थापन गरिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए । कुहिने फोहर भने नदी किनारमा गाड्ने गरिएको छ । सफाइ महाअभियानबाट उठाइएको नकुहिने फोहर काठमाडौँ महानगरपालिका वातावरण विभाग टेकुको समन्वयमा व्यवस्थापन गरिएको उनले बताए ।
सो अवसरमा गत वर्ष रोपिएका बिरुवाको गोडमेल पनि गरिएको थियो । आगामी शनिबार ६९१औँ हप्ताको वाग्मती सफाइ पनि गुह्येश्वरी क्षेत्रकै वाग्मती किनारमा गरिने छ । अर्को हप्ता पनि वृक्षरोपण एवं गोडमेल कार्यक्रमलाई निरन्तरता दिइने सफाइ महाअभियानले जनाएको छ ।
विसं २०७० जेठ ५ गतेदेखि वाग्मती सफाइ महाअभियान सुरु भएको हो । महाअभियान सुरु भएदेखि प्रत्येक हप्ता शनिबार निरन्तर हुँदै आएको छ । महाअभियान सुरु भएदेखि वर्षा, गर्मी, जाडो, चाडपर्व, भूकम्प, कोरोना महामारीलगायत प्रतिकुल अवस्थामा पनि निरन्तरता पाउँदै आएको छ ।
वाग्मती सफाइ महाअभियान सुरु भएपछि यसका अधिकांश सहायक नदीमा पनि सफाइ अभियान सुरु भएको छ । यसैगरी राजधानीमा चक्रपथका विभिन्न खण्डमा पनि सफाइ अभियान जारी छ । राजधानीका विश्व सम्पदा क्षेत्रमा पनि सफाइ भइरहेको छ । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्र, बौद्धनाथ क्षेत्र, स्वयम्भूनाथ क्षेत्रमा पनि सफाइ भइरहेको छ ।
काठमाडौँ उपत्यका बाहिर मुख्य सहर र प्रमुख नदीमा पनि सफाइ भइरहेको छ । राजधानी बाहिरसमेत गरी हाल देशभर करिब १०८ भन्दा बढी स्थानमा सफाइ अभियान सञ्चालन भइरहेको छ । वाग्मती सफाइ महाअभियानको प्रेरणबाट देशभर सफाइ अभियान भइरहेको हो ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















