भद्रपुर भन्सारले राजस्व सङ्कलनको लक्ष्य पूरा गर्न सकेन

रासस


झापा । भद्रपुर भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा तोकिएको राजस्व सङ्कलनको लक्ष्य पूरा गर्न असफल भएको छ । कार्यालयले लक्ष्यको ७४ दशमलव ३४ प्रतिशत मात्र राजस्व सङ्कलन गरेको हो ।
भद्रपुर भन्सार कार्यालयका सूचना अधिकारी प्रेमबहादुर लामाका अनुसार आव २०८२/८३ मा रु २५ करोड तीन लाख २५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा रु १८ करोड ६० लाख ९५ हजार ८४४ मात्र सङ्कलन भएको हो ।
सूचना अधिकारी लामाका अनुसार भद्रपुर नाकाबाट हाल निर्यात नहुँदा राजस्व सङ्कलन कम भएको हो । यस नाकाबाट विशेषगरी सुर्तीजन्य पदार्थको आयात बढी हुने गरेको उनले बताए । झापाको निर्यात व्यापारको ठूलो हिस्सा भने मेची भन्सार कार्यालयमार्फत हुने गरेको छ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















