कालिका नगरपालिकामा भूमि प्रशासन सेवा थालनी

नवलपुर टुडे


चितवन । यहाँको कालिका नगरपालिकाले भूमि व्यवस्थापन सेवा सुरुआत गरेको छ । जिल्लामा रहेका सात पालिकामध्ये पहिलो पटक यस पालिकाले भूमि व्यवस्थापन सेवा सुरु गरेको हो ।
नगरप्रमुख विनोद रेग्मीका अनुसार नगरपालिकाले नाप नक्सा, जग्गा प्रशासन तथा विभिन्न लिखत पारितसम्बन्धी सेवा औपचारिक रूपमा थालनी गरेको हो । नेपालको संविधानले भूमि प्रशासनसम्बन्धी अधिकार स्थानीय तहलाई प्रत्यायोजन गरे पनि आवश्यक पूर्वाधार र जनशक्ति अभावका कारण हालसम्म यी सेवा सङ्घीय सरकारअन्तर्गतका भूमिसुधार, मालपोत तथा नापी कार्यालयमार्फत प्रवाह हुँदै आएको थियो । आवश्यक तयारी पूरा गरेपछि कालिका नगरपालिकाले आफ्नै कार्यालयबाट सेवा सञ्चालनमा ल्याएको उनले जानकारी दिए ।
हालका लागि जग्गाको स्रेस्ता कायम गर्ने सेवा भने भरतपुरबाट हुनेछ । अन्य अधिकांश भूमि प्रशासनसम्बन्धी सेवा नगरपालिकाबाटै प्रदान गरिनेछ ।
भूमि प्रशासन अधिकृत रामप्रसाद अधिकारीले जग्गा धनी दर्ता प्रमाणपुर्जा, लिखत पारित, मृत्यु पछिको नामसारी, राजीनामा दस्तखत पारित, छोडपत्र लिखत पारित, बकसपत्र पारित तथा शेषपछिको लिखतबापतलगायत काम त्यही हुनेछ । जिल्लामा भरतपुरसँगै चनौली, माडी र खैरहनीमा मालपोत र नापी कार्यालयले सेवा दिँदै आएका छन् ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















