चितवनको कालिका नगरपालिकामा भूमि प्रशासन सेवा थालनी

रासस


चितवन, साउन १५। यहाँको कालिका नगरपालिकाले भूमि व्यवस्थापन सेवा सुरुआत गरेको छ । जिल्लामा रहेका सात पालिकामध्ये पहिलो पटक यस पालिकाले भूमि व्यवस्थापन सेवा सुरु गरेको हो।
नगरप्रमुख विनोद रेग्मीका अनुसार नगरपालिकाले नापनक्सा, जग्गा प्रशासन तथा विभिन्न लिखत पारितसम्बन्धी सेवा औपचारिक रुपमा थालनी गरेको हो । नेपालको संविधानले भूमि प्रशासनसम्बन्धी अधिकार स्थानीय तहलाई प्रत्यायोजन गरे पनि आवश्यक पूर्वाधार र जनशक्ति अभावका कारण हालसम्म यी सेवा सङ्घीय सरकारअन्तर्गतका भूमिसुधार, मालपोत तथा नापी कार्यालयमार्फत प्रवाह हुँदै आएको थियो । आवश्यक तयारी पूरा गरेपछि कालिका नगरपालिकाले आफ्नै कार्यालयबाट सेवा सञ्चालनमा ल्याएको उहाँले जानकारी दिनुभयो ।
हालका लागि जग्गाको स्रेस्ता कायम गर्ने सेवा भने भरतपुरबाट हुनेछ । अन्य अधिकांश भूमि प्रशासनसम्बन्धी सेवा नगरपालिकाबाटै प्रदान गरिनेछ ।
भूमि प्रशासन अधिकृत रामप्रसाद अधिकारीले जग्गा धनी दर्ता प्रमाणपुर्जा, लिखत पारित, मृत्यु पछिको नामसारी, राजिनामा दस्तखत पारित, छोडपत्र लिखद पारित, बकसपत्र पारित तथा शेषपछिको लिखतबापतलगायत काम त्यही हुनेछ । जिल्लामा भरतपुरसँगै चनौली, माडी र खैरहनीमा मालपोत र नापी कार्यालयले सेवा दिँदै आएका छन् ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















