मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
भत्ताको नबिकरण सेवा घरदैलोमा पाँउदा स्थानीय खुशी


बाजुरा, साउन १५ । बाजुरा जिल्लाको हिमालि गाउँपालिका सामाजिकसुरक्षा भत्ता नबिकरण घरदैलोमा सेवा गाउँमा वृद्ध खुशी भएका छन । हिमाली गाउँपालिका पंन्जिकरण शाखा कर्मचारी सामाजिकसुरक्षा भत्ता नबिकरण गर्न आर्थिक वर्ष सुरु हुन साथ गाउँको घरदैलोमा पुगेर वृद्ध, एकल, अपांग र बालबालिका पोषण भत्ताको नवीकरण गर्न घरदैलोमा पुग्ने गरेका छन ।
साउन महिना लाग्न साथ हिमाली गाउँपालिका -५ वडामा टोल हुँदै घरदैलोमा पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न नियमित काम गर्दै आइरहेका छौँ । ६/७ वर्षदेखि नै गाउँमा गएर नवीकरण गर्न काम गर्दै आएको छौँ । अहिले पनि गाउँ टोलमा पुगेर बृद्धअबश्था आमाबुबाको नवीकरण गर्न घरमै भेटेर सबै प्रक्रिया पुर्याए काम गर्ने गरेको एम.आई.एस. अपरेटर नन्दराज पाण्डेले बताउनुभयो ।
एकल महिला, अपांग र बालबालिका पोषण भत्ता पनि गाउँमा पुगेर नवीकरण गर्ने गरेको छ । गाउँपालिका कार्यालयमा बिरामी पुर्जा सहित निवेदन पेश गरेका बिरामीहरु त्यति मात्र नभई पालिकाले ६५ देखि ६८ वर्षका वृद्ध भत्ता गाउँमा पुगेर वितरण गर्ने गरेका छन ।
विगत लामो समयदेखि गाउँपालिका कर्मचारी गाउँमा आएर सामाजिक सुरक्षा भत्ताको नवीकरण गर्ने काम गाउँमा घरमा आउने गरेका छन । अहिले पनि गाउँमा आएर भत्ताको नवीकरण गर्न कर्मचारी घर आउँदा निकै खुशी भएका ८७ वर्षीय वृद्ध गोर्ख मलालले बताएका छन । भत्ताको नवीकरण गर्न पहिला वडामा जानुपर्ने अवस्था थियोे अहिले झन गाडी घरमै आउँदा झन सजिलो थियोे । त्यसमा पनि सामाजिक सुरक्षा भत्ता नवीकरण काम अझ गाउँमा आएर नवीकरण गर्ने काम भएको हुँदा निकै सहज भएको उनले बताए ।
भत्ताको नवीकरण गर्न पहिला वडामा एक दुई घण्टा लाग्ने गर्थे । समय धेरै लाग्ने गर्दा अहिले पहिलो जस्तो अवस्था हट्दै आएको छ । गाउँमा पुगेर भत्ताको नवीकरण गर्न घर आगनमा गाउँपालिका कर्मचारी पुग्दा पालिकालाई धन्यवाद दिएका छन । गाउँमा आएर भत्ताको नवीकरण गर्ने सेवा सुबिधा पाउदा अहिले धेरै सहज भएको छ । हिड्न नसकिने अवस्थामा हुँदा पनि कर्मचारी घरकोदैलोमा धेरै सहजै काम भएको ८१ वर्षीय रुद्र ल्वारले बताउनुभयो ।






















