अपराध

बालिका करणीका पीडितको पहिचान खुलाउने सञ्चारकर्मी पक्राउ

नवलपुर टुडे
२०८३ साउन १४ | बिहान ०९:०४ बजे

मोरङ । अनुसन्धान कार्यमा प्रभावित पार्ने गरी समाचार सम्प्रेषण गरेको आरोपमा एकजना सञ्चारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ।मोरङको सुनबर्षी नगरपालिकामा एक बालिकामाथि सामूहिक जबरजस्ती करणी भएको थियो।

उक्त घटनाको विषयमा ‘कोशी आवाज’ नामको अनलाइन मिडिया र सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई सञ्चारकर्मी बताउने चन्दन कुमार पासवानले पीडित बालिकाका परिवारका सदस्यहरूको वास्तविक परिचय खुल्ने गरी भिडियो समाचार सम्प्रेषण गरेका थिए।

पीडितका आफन्तले दिएको उजुरीका आधारमा प्रहरीले पासवानलाई साउन १३ गते पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ परेका पासवानमाथि म्याद थप गरी इलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भइरहेको छ।

कमेन्टहरु