दुबई यूएई, धर्म–संस्कृति/रीतिथिति, प्रबास

भुमिकास्थान सम्पर्क समिति अर्घाखाँची–यूएईको वार्षिकोत्सव तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

कबिराज राजबंशी
२०८३ साउन १४ | बिहान १२:०४ बजे

FB IMG 1785350611615

प्रवास दुबई, यूएई | 

भुमिकास्थान सम्पर्क समिति अर्घाखाँची–यूएईद्वारा आयोजित वार्षिकोत्सव तथा सांस्कृतिक कार्यक्रम आइतबार, जुलाई २६, २०२६ मा दुबईस्थित एभरेष्ट याक एण्ड यति क्लबको सभा हलमा भव्य तथा सभ्य वातावरणमा सम्पन्न भएको छ। यूएईमा रहेका अर्घाखाँचीवासी तथा विभिन्न जिल्लाका नेपालीहरूको उल्लेखनीय सहभागिताबीच सम्पन्न कार्यक्रमले नेपाली समुदायबीच आपसी एकता, भाइचारा तथा कला–संस्कृतिको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण सन्देश दिएको सहभागीहरूले बताएका छन्।

FB IMG 1785350614085

कार्यक्रमको औपचारिक सत्र समितिका महासचिव भीम केसीले सञ्चालन गरेका थिए भने अध्यक्षता समितिका अध्यक्ष दीपक शाह ठकुरीले गरेका थिए। कार्यक्रमका प्रमुख अतिथि नेपाली समाज यूएईका अध्यक्ष राम मोक्तान रहेका थिए। आफ्नो सम्बोधनका क्रममा प्रमुख अतिथि मोक्तानले प्रवासमा रहेका नेपाली संघ–संस्थाहरूले नेपाली भाषा, कला, संस्कृति र सामाजिक एकतालाई सुदृढ बनाउन खेलेको भूमिकाको प्रशंसा गर्दै यस्ता कार्यक्रमले नेपाली समुदायलाई अझ नजिक ल्याउने विश्वास व्यक्त गरे।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा अर्घाखाँची सम्पर्क समितिका अध्यक्ष जेपी पोख्रेल, लुम्बिनी प्रदेश समन्वय परिषद् यूएईका अध्यक्ष नारायण अधिकारी, लुम्बिनी प्रदेशअन्तर्गतका विभिन्न जिल्ला तथा पालिका संस्थाका प्रतिनिधिहरू, प्रदेशी लोक चौतारी, विश्वकर्मा समाज, क्षेत्री समाज, नेप्लिज युथ ग्रुप लगायत विभिन्न नेपाली सामाजिक तथा क्षेत्रीय संघ–संस्थाका अध्यक्ष, पदाधिकारी तथा प्रतिनिधिहरूको गरिमामय उपस्थिति रहेको थियो।

FB IMG 1785350622898

वक्ताहरूले प्रवासमा रहेका नेपालीहरूबीच सामाजिक सद्भाव, सहयोग, सहकार्य र सांस्कृतिक पहिचानलाई जीवन्त राख्न यस्ता कार्यक्रमको विशेष महत्व रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता रचनात्मक गतिविधिलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गरेका थिए। उनीहरूले भुमिकास्थान सम्पर्क समिति अर्घाखाँची–यूएईले छोटो समयमै समुदायलाई एकताबद्ध गर्दै सामाजिक तथा सांस्कृतिक क्षेत्रमा पुर्‍याएको योगदानको समेत प्रशंसा गरेका थिए।

FB IMG 1785090994604

औपचारिक कार्यक्रम सम्पन्न भएपछि सांस्कृतिक सत्र सुरु भएको थियो। सांस्कृतिक कार्यक्रमको सञ्चालन नवराज सिंह ठकुरीले गरेका थिए। कार्यक्रममा यूएईमा रहेका नेपाली कलाकारहरूले लोकदोहोरी गीत, आधुनिक गीत, नृत्य तथा विविध सांस्कृतिक प्रस्तुति प्रस्तुत गर्दै नेपाली कला, संस्कृति र मौलिक परम्पराको आकर्षक झल्को दिएका थिए। कलाकारहरूको उत्कृष्ट प्रस्तुति र दर्शकहरूको उत्साहपूर्ण सहभागिताले कार्यक्रमलाई थप जीवन्त र मनोरञ्जनपूर्ण बनाएको थियो।

 

कार्यक्रममा उपस्थित सहभागीहरूले एकअर्कासँग शुभकामना आदान–प्रदान गर्नुका साथै अर्घाखाँची जिल्लाको पहिचान, सामाजिक सम्बन्ध र सांस्कृतिक मूल्य–मान्यतालाई प्रवासमा पनि निरन्तर जोगाइराख्ने प्रतिबद्धता व्यक्त गरेका थिए। आयोजक समितिले कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण अतिथि, विभिन्न संघ–संस्था, कलाकार, स्वयंसेवक, प्रायोजक तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति हार्दिक आभार व्यक्त गरेको छ। प्रवासमा रहेका नेपालीहरूलाई एउटै छानामुनि भेला गराई आत्मीयता, भाइचारा र नेपालीपनको अनुभूति दिलाउन सफल उक्त कार्यक्रम यूएईस्थित नेपाली समुदायका लागि स्मरणीय बनेको सहभागीहरूको प्रतिक्रिया रहेको थियो।

कमेन्टहरु