प्रबास

जापानमा शक्तिशाली भूकम्पमा परेर १३ जनाको मृत्यु

एजेन्सी
२०८३ साउन १३ | मध्यान्ह ०१:०४ बजे

टोकियो । जापानको दक्षिणी कुमामोतो प्रान्तमा आएको ६ दशमलव ८ म्याग्निच्युडको शक्तिशाली भूकम्पपछि कम्तीमा १३ जनाको मृत्यु भएको पुष्टि भएको छ । जापानकी प्रधानमन्त्री सानाए ताकाइचीले जापानको सार्वजनिक प्रसारक एनएचकेलाई उद्धृत गर्दै मृतकको संख्या पुष्टि गरेकी हुन् ।

प्रधानमन्त्री ताकाइचीका अनुसार हालसम्म पुष्टि भएका मृतकमध्ये केहीको मृत्यु प्रत्यक्ष रूपमा भूकम्प वा त्यसपछि आएका परकम्पसँग सम्बन्धित हो वा होइन भन्ने विषयमा अझै अनुसन्धान भइरहेको छ । बुधबार बिहान सञ्चारकर्मीसँग कुरा गर्दै उनले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरिन् ।

उनले भनिन्, ‘मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु र उहाँहरूका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछु,’ । उद्धार कार्य अझै जारी रहेको उल्लेख गर्दै धेरै मानिसहरू अझै पनि सहयोगको प्रतीक्षामा रहेको र प्रत्येक सेकेन्ड अत्यन्त महत्वपूर्ण भएको ताकाइचीले बताइन् ।

कमेन्टहरु