गण्डकी प्रदेश, बाढी/पहिरो

लमजुङको भाटबेशीमा धन्सारमाथि पहिरो खस्दा २ को मृत्यु, २ जना घाइते

नवलपुर टुडे
२०८३ साउन १२ | बिहान ०८:०४ बजे

लमजुङ । लमजुङमा धन्सारमाथि पहिरो खस्दा २ जनाको मृत्यु भएको छ । मध्यनेपाल नगरपालिका वडा नम्बर ७ भाटबेशीमा कुलो भत्किएर विष्णु दत्त सुवेदीको २ तले धन्सार भत्किएको हो ।

धन्सार भत्किँदा त्यहाँ बस्दै आएका मर्स्याङ्दी गाउपालिका १ घनपोखरा नायुका टिक बहादुर विक र उनकी कान्छी छोरी विनीता विकको मृत्यु भएको प्रहरीले जनाएको छ । धन्सार भत्किँदा उनीहरू सहित ४ जना घाइते भएका थिए ।

घाइतेमध्ये आमा सुक कुमारी विक र अर्की छोरी अस्मिता विकको पोखरा स्थित पश्चिमाञ्चल अस्पतालमा उपचार भइरहेको ईप्रका भोर्लेटारका प्रमुख ध्रुव प्रसाद शर्माले जानकारी दिए ।

कमेन्टहरु