कोशी प्रदेश

सुनसरी घटना : डिआइजी,सिडिओ,एसपी सहितको जिम्मेवारी खोसिए

देवराजा यादव
२०८३ साउन ११ | मध्यान्ह ०७:०४ बजे

सुनसरी। सुनसरीको कप्तानगञ्जमा धार्मिक सद्भाव भड्किएपछि गृह मन्त्रालयले त्यहाँका प्रमुख जिल्ला अधिकारी(सीडीओ) सहित सुरक्षा अधिकारीहरूकाे जिम्मेवारी खाेसिएकाे छ।

सशस्त्रको कप्तानगञ्जस्थित युनिटमा कार्यरत डीएसपी नन्दकिशोर महतोलाई फिर्ता बोलाएर त्यहाँ डीएसपी मदन नाथलाई पठाइएको छ। कोशी प्रदेशका डीआईजी विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालयमा फिर्ता बोलाइएको छ। कोशी प्रदेशमा डीआईजी डीआईजी शेखर खनाललाई पठाउने निर्णय गरिएको गृह मन्त्रालयका एकजना उच्च अधिकृतले बताए।

सीडीओसहितका सुरक्षा प्रमुखहरूलाई फिर्ता बोलाउने निर्णय त्यस्तै, जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी केशव थेवेलाई त्यहाँबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सरुवा गरिएको छ। सुनसरीमा एसपी पुष्पराज मल्ललाई पठाइएको छ। मल्ल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत थिए। सशस्त्रको कप्तानगञ्जस्थित युनिटमा कार्यरत डीएसपी नन्दकिशोर महतोलाई फिर्ता बोलाएर त्यहाँ डीएसपी मदन नाथलाई पठाइएको छ।

सुनसरीका प्रमुख जिल्ला अधिकारीलाई फिर्ता बोलाएर त्यहाँ संखुवासभाका सीडीओ ईश्वरीप्रसाद अर्याललाई पठाइएको छ। सुनसरीमा बासुदेव घिमिरे प्रजिअ थिए।

कमेन्टहरु