नवलपरासीमा लागुऔषधसहित एकजना पक्राउ


नवलपरासी, साउन ११ । पश्चिम नवलपरासीमा लागुऔषधसहित एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । रामग्राम नगरपालिका- १ सन्डा बस्ने बर्ष ३० को गणेश गुप्तालाई आफ्नै घरबाट नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार आईतबार सोही स्थानमा लागुऔषध कारोबार भैरहेको भन्ने गोप्य सुचनाको आधारमा लागुऔषध ब्युरो शाखा भैरहवा रुपन्देही र जिल्ला प्रहरी कार्यालय नवलपरासीका संयुक्त प्रहरी टोली उनको घर पुगी शरीर तथा घरकोठा खानतलासी गर्दा उनको घरमा लागुऔषध फेला पारी नियन्त्रणमा लिएका हुन ।
उनले घर भित्र रहेको छ्टमा जाने ढलान सिढी (भर्याङ्ग)मुनि फाईबरको हाते झोला भित्र लुकाईछिपाई ठुला मात्रामा विभिन्न लागुऔषध १२५३ एम्पुल लुकाई राखेको अवस्थामा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी एवम प्रहरी नायव उपरीक्षक मदन थापाले नवलपुर टुडेलाई जानकारी दिएको छ ।
हाल उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी सम्मानित जिल्ला अदालतबाट सोमबार(आजै) लागु हुने गरी लागुऔषध कसुरमा म्याद थप गरी थप अनुसन्धान अगाडि बढाईरहेको थापाले बताए।





















