अपराध

नवलपरासीमा लागुऔषधसहित तीन जना पक्राउ

नवलपुर टुडे
२०८३ साउन १० | मध्यान्ह ०८:०४ बजे

नवलपरासी, साउन १० । नवलपरासीमा लागुऔषसहित तीन जना पक्राउ परेका छन । पक्राउ पर्नेमा भारत देश उत्तर प्रदेश जिल्ला महाराजगंज थाना बरगदवा ग्राम पिपरा बस्ने बर्ष ३३ को सबरे आलम र महाराजगंज थाना बरदगवा ग्राम मोहनापुर बस्ने नाबालक नाम २०८३ RC कुमार रहेका छन । उनीहरुलाई पाल्हिनन्दन गाउँपालिका-५ गेरमामा अबैध लागुऔषध कारोबार भैरहेको भन्ने गोप्य सुचनाको आधारमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट खटिगएको संयुक्त टोलीले पक्राउ गरिएका हुन ।

उनीहरुलाई पाल्हिनन्दन गाउँपालिका-५ गेरमास्थित दक्षिणबाट उत्तर तर्फ आउदै गरेको युपि ५६ एक्स १२१० भारतीय मोटरसाइकल रोकी चेकजाँच गर्नेक्रममा मोटरसाइकल पछाडी बस्ने बर्ष नाबालकले काखमा राखी ल्याएको स्मार्ट लेखिएको पहेलो रंगको प्लाष्टिकको बोराको हाते झोलामा विभिन्न लागुऔषध ५९४ एम्पुल फेला पारी नियन्त्रणमा लिएको कार्यालयला सुचना अधिकारी एवम प्रहरी नायव उपरीक्षक मदन थापाले जानकारी दिएको छ।

त्यसैगरी रामग्राम नगरपालिका- १ स्थित अबैध ब्राउन सुगर लागुऔषध कारोबार भैरहेको भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिगएको प्रहरी टोलीले रामग्राम नगरपालिका- १० नदवा बस्ने बर्ष ३० को सुरज मल्ललाई लागुऔषध ब्राउन सुगर जस्तो देखिने २ ग्राम ८४० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको छ । सो ब्राउन सुगर उनले लगाएको सेतो रंगको हाफ पाईन्टको खल्तीमा लुकाएर राखेका थिए ।

WhatsApp Image 2026 07 26 at 20.08.13

पक्राउ पर्ने तीनै जनालाई सम्मानित जिल्ला अदालतबाट लागुऔषध सम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान भएको थापाले बताए ।

कमेन्टहरु