घटना, सुदुरपश्चिम प्रदेश

खोलामा डुबेर १५ वर्षीय किशोरको मृत्यु

रासस
२०८३ साउन ९ | मध्यान्ह ०७:०४ बजे

धनगढी । कैलालीको गोदावरी नगरपालिका–४, हाटखोलीस्थित खोलामा डुबेर एक किशोरको मृत्यु भएको छ । शनिबार (साउन ९) दिउँसो हाटखोलीस्थित खोलामा पौडी खेल्ने क्रममा डुबेका १५ वर्षीय पुष्पराज चौधरीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

जोशीपुर गाउँपालिका–२ घर भएका चौधरी धनगढी उपमहानगरपालिका–७, मनेहरामा बस्दै आएका थिए । साथीहरूसँग पौडी खेलिरहेका चौधरी डुबेको देखेपछि उद्धार गरी उपचारका निम्ति निःसर्ग अस्पतालमा पुर्‍याइएको थियो ।

उपचारकै क्रममा शनिबारै अपराह्न ५ः०२ बजे उनलाई चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।

मृतकको शव परीक्षणका निम्ति धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक कैलाशसिंह बिष्टले जानकारी दिए ।

कमेन्टहरु