नवलपरासीबाट जेन्जी आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ

नवलपुर टुडे
२०८३ साउन ९ | मध्यान्ह ०४:०४ बजे

नवलपरासी, साउन ०९ । पश्चिम नवलपरासी प्रहरीले गत भदौं २३/२४ गतेको जेन्जी आन्दोलनका क्रममा कारागारबाट भागेका एक जना फरार कैदीबन्दीलाई पक्राउ गरेका छन । पक्राउ पर्नेमा रामग्राम नगरपालिका- ०९ बस्ने बर्ष ५० का सुरेन्द्र प्रसाद हतिजन रहेका छन ।
उनलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र जिल्ला प्रहरी कार्यालय नवलपरासीको संयुक्त टोलीले आज(शनिबार)दिउँसो १ बजे पाल्हिनन्दन गाउँपालिका- ०५ हर्दिस्थित लुकिछिपी हिडिरहेको अवस्थामा फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी एवम प्रहरी नायव उपरीक्षक मदन थापाले जानकारी दिएको छ ।
हरिजन लागुऔषध मुद्दामा थुनामा रहदा जेन्जी आन्दोलनका क्रममा नवलपरासी कारागारबाट भागेका थिए । उनलाई आजै बाँकी कैद भुक्तानीका लागि कारागार कार्यालय नवलपरासी पठाएको थापाले बताए ।























