झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै

रासस


झापा । झापा जिल्ला कारागार भद्रपुरमा क्षमताभन्दा दोब्बर कैदीबन्दीका कारण दैनिक व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । कारागारको क्षमता ७५० जना रहे पनि हाल एक हजार ५८५ जना कैदीबन्दी छन् । कारागार प्रशासन प्रमुख रेवन्त भट्टराईका अनुसार हाल कारागारमा ९९९ जना कैदी तथा मुद्दाको पुर्पक्षका क्रममा रहेका ५८६ जना थुनुवा रहेको कारागार प्रशासन प्रमुख भट्टराईले जानकारी दिए । त्यसमध्ये ७८ जना महिला छन् ।
क्षमताभन्दा अधिक कैदीबन्दी हुँदा दैनिक व्यवस्थापनमा चुनौती रहेको बताउँदै उनले भने, “सीमित स्रोतसाधन र क्षमताबिच पनि व्यवस्थापनलाई प्रभावकारी बनाउने तथा सुधारका कामलाई निरन्तर अघि बढाउने प्रयास गरिरहेका छौँ ।”
भौतिक संरचना साँघुरो र कैदीबन्दीको अत्यधिक चापका कारण फोहोरमैला तथा ढल व्यवस्थापनमा पनि समस्या भएको छ । कारागारबाट निस्कने फोहोर र ढलका कारण आसपासका क्षेत्रमा दुर्गन्ध फैलिएपछि स्थानीयले कारागारलाई सहर बाहिर स्थानान्तरण गर्न माग हुँदै आएको छ ।
प्रमुख भट्टराईका अनुसार भद्रपुर–१० स्थित कोशी प्रदेश प्रशिक्षण केन्द्र नजिक आफ्नै १० बिघा जमिनमा नयाँ भवन निर्माण गर्न नापी कार्यालय झापालाई जग्गा नापजाँचका लागि पत्राचार गरिएको उनले जानकारी दिए ।
प्रमुख भट्टराई भने, “नयाँ भवन निर्माणका लागि प्रारम्भिक प्रक्रिया सुरु भइसकेको छ । विस्तृत परियोजना प्रतिवेदन तयार गरी निर्माण कार्य चाँडै अघि बढाउने योजना छ ।”
सघन सहरी तथा भवन निर्माण आयोजनामार्फत नयाँ कारागार भवन निर्माणका लागि पहिलो चरणमा रु एक करोड ७५ लाख बजेट विनियोजन भइसकेको छ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















