सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनः निर्माण

नवलपुर टुडे


महेन्द्रनगर । नेपाली सेनाको श्रमदानमा कञ्चनपुरको महाकाली नदीस्थित चार लेनको पक्की पुलसँगै बनेको ड्याम (गाइडबण्ड) पुनःनिर्माण सम्पन्न भएको छ। यहाँस्थित श्री नम्बर २५ बाहिनी अड्डाको संयोजन र सुदूरपश्चिम पृतनाको सहयोगमा ४०० भन्दाबढी सेना परिचालन गरी ३५० मिटर ड्याम मर्मत तथा पुनःनिर्माण गरिएको हो।
त्यसैगरी महाकाली नदीमा बाढी आएर हुनसक्ने सम्भावित क्षति न्यूनीकरणका लागि हाल १५० सेना तयारी अवस्थामा रहेको पृतनाले जनाएको छ।
सैनिक जनसम्पर्क निर्देशनालयका प्रवक्ता सहायकरथी राजाराम बस्नेतले महाकाली नदीमा ड्याम पुनःनिर्माणको सेनालाई दिइएको जिम्मेवारी पूरा गरेको जानकारी दिए।
“नदीमा जलस्तर बढ्नुअघि नै ड्याम पुनःनिर्माणका लागि दिइएको जिम्मेवारी अहिलेलाई पूरा गरिएको छ”, उनले भने,“ बाढी आएर हुनसक्ने सम्भावित क्षति न्यूनीकरणमा खटिन सेना अझै त्यहाँ तयारी अवस्थामा राखिएको छ।”
आसन्न मनसुनबाट महाकाली नदीमा बाढी आएर हुनसक्ने सम्भावित विपद् टार्न गत वर्ष पनि सो ड्याम निर्माणमा काम गरिएको थियो।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















