वातावरण, समाचार, समाज

विजयनगर–७ गणेशपुर स्वास्थ्य चौकीमा वृक्षरोपण कार्यक्रम सम्पन्न

नन्द किशोर कुर्मी (लालु)
२०८३ साउन ८ | मध्यान्ह ०५:०४ बजे

विजयनगर । विजयनगर गाउँपालिका–७ स्थित गणेशपुर स्वास्थ्य चौकी कार्यालयमा दिगो विकास लक्ष्यलाई मध्यनजर गर्दै हरियाली प्रवर्द्धन तथा स्वच्छ वातावरण निर्माणमा टेवा पुर्‍याउने उद्देश्यले शुक्रबार वृक्षरोपण कार्यक्रम सम्पन्न गरिएको छ।

स्वास्थ्य चौकी परिसरमा आयोजित उक्त कार्यक्रममा कार्यालयका स्वास्थ्यकर्मी तथा सहकर्मीहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रमअन्तर्गत विभिन्न प्रजातिका बिरुवा रोपेर वातावरण संरक्षण, हरियाली विस्तार तथा भावी पुस्ताका लागि स्वच्छ वातावरण निर्माण गर्ने सन्देश दिइएको स्वास्थ्य चौकीले जनाएको छ।

750828652 2130950267458402 6794501932179443769 n

कार्यक्रममा सहभागीहरूले वृक्षरोपणले वातावरणीय सन्तुलन कायम राख्न, प्रदूषण न्यूनीकरण गर्न तथा समुदायमा हरित वातावरणको विकास गर्न महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए।

“रुख रोपौं, हरियाली बढाऔं, स्वच्छ वातावरण बनाऔं” भन्ने नारासहित सम्पन्न उक्त कार्यक्रमले वातावरण संरक्षणप्रति स्थानीय तहको प्रतिबद्धतालाई समेत उजागर गरेको छ

कमेन्टहरु