चीनमा ६० हजार टन चामल निर्यात गर्दैछ पाकिस्तान

एजेन्सी


कराँची । पाकिस्तानले आर्थिक वर्ष २०२६/२७ मा चीनका ग्वाङ्झाउ र शेनझेन प्रान्तमा ६० हजार टन चामल निर्यात गर्ने भएको छ । पाकिस्तानको राइस एक्सपोर्टर्स एसोसिएसन (आरईएपी)ले चीनका ती दुई प्रान्तसँग समझदारीपत्र (एमओयू)मा हस्ताक्षर गरेपछि यो निर्यात सम्झौता भएको हो ।
उनले चीनले पाकिस्तानी व्यापारीहरूको मकै निर्यातका लागि दर्ता प्रक्रिया सुरु गरिसकेको जानकारी दिँदै निकट भविष्यमा पाकिस्तानबाट मकै पनि चीन निर्यात हुने दाबी गरे । आरईएपीका अनुसार कपडा उद्योगपछि चामल पाकिस्तानको दोस्रो ठुलो निर्यात क्षेत्र हो, जसबाट देशको अर्थतन्त्रमा वार्षिक करिब २ अर्ब अमेरिकी डलर योगदान पुग्ने गरेको छ । यस भ्रमणलाई पाकिस्तानको ट्रेड डेभलपमेन्ट अथोरिटी (टीडीएपी)ले सहजीकरण गरेको जनाएको छ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















