कावासोतीमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु

नवलपुर टुडे
२०८३ साउन ८ | बिहान ०९:०४ बजे

कावासोती । पुर्वी नवलपरासीमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएका छन । मृत्यु हुनेमा कावासोती नगरपालिका- १६ सृजनशिल टोल बस्ने वर्ष ४५ को सुरेश बि.क. रहेका छन ।
उनलाई बिहिवार राति करिब २०:५५ बजे कावासोती नगरपालिका- १६ स्थित पूर्व-पश्चिम राजमार्गमा घाईते अवास्थामा भेटिएका थिए । घाईते बि.क.लाई प्रहरीले तत्काल उद्दार गरी उपचारका लागि मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डा पुर्याउदा डाक्टरले २१:२० बजे मृत घोषण गरेका हुन ।
प्रहरीले घटनास्थलमा अनुसन्धान गर्ने क्रममा नारायणगढबाट बुटवाल तर्फ जाँदै गरेको लु ५० प ५५७३ नम्बरको मोटरसाइकलले ठक्कर दिएको खुलेको हो । ठक्कर दिने मोटरसाइकल र चालक पाल्पा जिल्ला रम्भा गाउँपालिका- ४ बस्ने बर्ष २४ को अमित रसाईलीलाई नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।






















