नवलपरासीमा जेन्जी आन्दोलनमा फरार रहेका दुईजना कैदी लागुऔषधसहित पक्राउ


नवलपरासी, साउन ७ । पश्चिम नवलपरासी प्रहरीले जेन्जी आन्दोलनमा परासी कारागारबाट भागेका कैदीलाई लागुऔषधसहित पक्राउ गरेका छन । इलाका प्रहरी कार्यालय बर्दघाटबाट प्र.नि. कृष्ण डाँगीको कमाण्डमा खटिएको प्रहरी टोलीले लागुऔषध मुद्दामा पुर्पक्षका लागि थुनामा रहदा भदौ २३ र २४ गतेका जेन्जी आन्दोलनमा कारागारबाट फरार भएका बर्दघाट नगरपालिका- ४ बस्ने बर्ष ४५ का टोपबहादुर् परियार र सोही वडाको देवीनगर बस्ने बर्ष ३० का संजय दर्जीलाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी एवम प्रहरी नायव उपरीक्षक मदन थापाका अनुसार दर्जीलाई शंकास्पद अवस्थामा फेला परी सोधपुछका लागि नियन्त्रणमा लिई टोप बहादुर परियार र दर्जीको शरीर र घर कोठा खानतलास गर्दा टोप बहादुर परियारको घरबाट विभिन्न लागुऔषधका ट्यावलेट र ८०६ ग्राम गाँजा र संजय दर्जीको साथबाट लागुऔषध क्यापसुल फेला पारी बरामद गरी पक्राउ गरिएको हो ।
पक्राउ पर्ने परियार र दर्जीलाई बिहिवार (आजै) सम्मानित जिल्ला अदालत परासीबाट लागुऔषध सम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान अगाडि बढाएको थापाले बताए ।






















