यूएईमा अर्घासाँची भूमिकारस्थान सम्पर्क समितिको प्रथम वार्षिकोत्सव तथा सांस्कृतिक कार्यक्रम हुने

कबिराज राजबंशी
२०८३ साउन ७ | बिहान ०७:०४ बजे

दुबई, यूएई | भूमिकारस्थान सम्पर्क समिति अधा अर्घासाँची, यूएईले आफ्नो स्थापना दिवसको अवसरमा प्रथम वार्षिकोत्सव तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रम आगामी जुलाई २६, २०२६ (आइतबार) मा याक एण्ड यति क्लब, बर दुबई मा आयोजना हुने आयोजकले जनाएको छ।
समितिका अनुसार कार्यक्रम दिउँसो १ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुनेछ। कार्यक्रममा यूएईमा रहेका स्थानीय नेपाली कलाकारहरूको बेजोड सांगीतिक तथा सांस्कृतिक प्रस्तुति रहनेछ। साथै नेपाली मौलिक परिकार तथा सांस्कृतिक झाँकीहरू पनि आकर्षणका रूपमा प्रस्तुत गरिनेछ।
आयोजकले कार्यक्रममा प्रवेश निःशुल्क (Free Entry) रहेको जानकारी दिँदै यूएईमा रहेका सम्पूर्ण नेपाली समुदायलाई परिवार तथा साथीभाइसँग उपस्थित भई कार्यक्रम सफल बनाउन आग्रह गरेको छ। समितिले “हाम्रो पहिचान, हाम्रो चिनारी, यू.न.पा.को समृद्धिमा हाम्रो साझेदारी” भन्ने मूल नारासहित सामाजिक एकता, सांस्कृतिक संरक्षण तथा आपसी सद्भावलाई प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाएको छ।


















