बिश्व

मलेसिया अध्यागमनको संयुक्त कारबाहीमा भाग्ने क्रममा दुई विदेशीको मृत्युु, १६ जना विदेशी पक्राउ

रामजी प्रजापती
२०८३ साउन ६ | मध्यान्ह ०७:०४ बजे

कुआन्तान, पाहाङ। मलेसियाको पाहाङ राज्यस्थित कुआन्तानमा मलेसिया अध्यागमन विभाग (JIM) ले विभिन्न सरकारी निकायसँग संयुक्त रूपमा सञ्चालन गरेको विशेष कारबाहीका क्रममा कारबाहीबाट भाग्ने प्रयास गर्ने दुई विदेशी नागरिकको नालीमा डुबेर मृत्यु भएको जनाएको छ।

जुलाई १८ मा सञ्चालन गरिएको उक्त अपरेशनमा शाही मलेसिया प्रहरी (PDRM), कुआन्तान सिटी काउन्सिल, राष्ट्रिय सुरक्षा परिषद् (MKN), सडक यातायात विभाग (JPJ), राष्ट्रिय लागूऔषध नियन्त्रण निकाय (AADK), गृह मन्त्रालय, नागरिक सुरक्षा विभाग (APM), मलेसिया समुद्री प्रवर्तन एजेन्सी (MMEA) तथा मलेसिया मत्स्य विभाग लगायतका निकायको सहभागिता रहेको थियो।

753204400 1442538051262550 7827726319936804430 n

अपरेशनका क्रममा विभिन्न देशका १४३ जना विदेशी नागरिकको कागजात जाँच गरिएको थियो। सार्वजनिक गुनासो र गोप्य सूचनाका आधारमा कुआन्तानको एक औद्योगिक क्षेत्रमा छापा मारिएको थियो, जहाँ केही विदेशी अवैधरूपमा बसोबास वा काम गरिरहेको आशंका गरिएको थियो। छापाका क्रममा अध्यागमन ऐन १९५९/६३ अन्तर्गत विभिन्न कसुर गरेको आरोपमा १६ जना विदेशी नागरिक पक्राउ परेका छन्। उनीहरूलाई १४ दिनको रिमाण्ड मा राखी थप अनुसन्धानका लागि केमायान अध्यागमन डिपो पठाइएको छ।

पाहाङ अध्यागमन विभागले राज्यभर रहेका अवैध आप्रवासी (PATI) सम्बन्धी सूचना भए सम्बन्धित निकायलाई जानकारी गराउन सर्वसाधारणसँग आग्रह गरेको छ। साथै, अवैध आप्रवासी, उनीहरूलाई रोजगारी दिने वा संरक्षण गर्ने व्यक्ति तथा संस्थामाथि कुनै सम्झौता नगरी कडा कानुनी कारबाही जारी रहने विभागले चेतावनी दिएको छ।

कमेन्टहरु