माडीगज नियन्त्रणमा

नवलपुर टुडे


चितवन । माडीगजलाई एक महिनापछि नियन्त्रणमा लिइएको छ । माडीगज हात्तीको नाम हो । चितवन राष्ट्रिय निकुञ्जको गिदेनी पोष्टबाट एक्कासि गायब भएको उक्त हात्तीलाई डार्ट गरेर नियन्त्रणमा लिइएको हो । निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरले गिदेनी पोष्टबाट चराउने क्रममा गैँडाको आवाज सुनेर हात्ती तर्सिएर भागेको थियो ।
प्राविधिक टोलीले सोमबार लामिचौर नजिकै डार्ट गरेर शरीरमा झुम्म पर्ने औषधि सुईबाट शरीरमा पठाएर नियन्त्रणमा लिइएको हो । तेह्र वर्षको उक्त हात्तीलाई हाल लामिचौर पोष्टमा राखिएको छ । माउतेले थप स्याहार गरेर पूर्ववत् अवस्थामा फर्काएपछि हात्तीलाई गिदेनी पोष्ट लगिने छ ।
गैँडा, बाघजस्ता जनावरवाट तर्सने र मात लागेर हात्ती भाग्ने गर्दछन् । त्यसरी भागेका हात्तीलाई राम्रो हेरचाह गरेर केही दिनमा पूर्ववत् अवस्थामा फर्काउन सकिन्छ । निकुञ्जमा ५३ वटा ठूला र तीन वटा बच्चा हात्ती रहेका छन् । ती हात्तीले निकुञ्ज सुरक्षामा सघाउने गर्दछन् ।

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त


अरुपनि पढ्नुहोस
सबै
तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने
















