दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै

नवलपुर टुडे


चितवन । दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै बस्न थालेको छ। ध्रुर्वे जङ्गली हात्ती हो। यो चितवन राष्ट्रिय निकुञ्जभित्र बस्दै आएको छ।
हात्तीले गत असार २० गते एकै परिवारका दुई जनाको ज्यान लिएको थियो । असार ३१ गते राति ध्रुर्वेलाई सुखीभार पोष्ट नजिक डार्ट गरेर दुई वटा दाह्रा काटिएको हो । ध्रुर्वेको गलामा आधुनिक रेडियो कलर जडान गरिएको छ । जडान गरिएको रेडियो कलरबाट प्रत्येक १० मिनेटमा सूचना सङ्कलन भइरहेको छ ।
बस्ती पसेको सूचना आएमा तुरुन्तै मध्यवर्ती उपभोक्ता समिति, सामुदायिक वन, वडा कार्यालय, स्थानीय टोल लगायतलाई सूचना दिने र सँगै निकुञ्ज सुरक्षा निकायको गस्ती स्थलगत पुगेर निकुञ्जतर्फ धपाउने गरी तयारी गरिएको छ ।
निकुञ्जभित्र ४५ देखि ५० वटा हात्ती छन् ।

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त


अरुपनि पढ्नुहोस
सबै
तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने
















