समाज

सप्तकोशी नदीमा पानीको बहाव तीव्र रूपमा बढ्दै, कोशी ब्यारेजमा खतरा तह कायम

देवराजा यादव
२०८३ साउन ४ | मध्यान्ह ०२:०४ बजे

सुनसरी। पहाडी क्षेत्रमा निरन्तर भइरहेको वर्षाका कारण सुनसरी र सप्तरीसँग जोडिएको सप्तकोशी नदी (कोशी ब्यारेज) मा पानीको बहाव तीव्र रूपमा बढिरहेको छ।

पछिल्लो विवरणअनुसार कोशी ब्यारेजमा पानीको बहाव २,२१,९८० क्युसेक प्रतिसेकेन्ड पुगेको छ। पानीको सतह बढ्दो क्रममा (Rising) रहेको छ भने अवस्था खतरा तह (Danger) मा कायम रहेको जनाइएको छ।

यसअघि पानीको बहाव २,१०,१५५ क्युसेक प्रतिसेकेन्ड रहेकोमा छोटो समयमै उल्लेखनीय वृद्धि भएको हो। बहाव निरन्तर बढिरहेकाले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन सम्बन्धित निकायले आग्रह गरेका छन्।

नदी किनार तथा होचा क्षेत्रका स्थानीयलाई आवश्यक सावधानी अपनाउन, अनावश्यक रूपमा नदी नजिक नजान तथा आधिकारिक निकायबाट जारी हुने सूचना र निर्देशनको पालना गर्न अनुरोध गरिएको छ।

कमेन्टहरु