विजयनगरमा अवैध सिसौ काठ बरामद, काठ मिल सञ्चालक नियन्त्रणमा

नन्द किशोर कुर्मी (लालु)
२०८३ साउन ४ | बिहान ११:०४ बजे

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गणेशपुरबाट खटिएको प्रहरी टोलीले विजयनगर गाउँपालिका–७ दत्तपुरदेखि भारतको परसरामपुर जाने सडकमा नेपालतर्फ रहेको निसा तथा काठ मिल उद्योगमा छापा मारेर लुकाइछिपाइ राखिएको ९ वटा सिसौ (सिसम) काठका गोलिया बरामद गरेको छ।
प्रहरीका अनुसार बरामद काठको परिमाण करिब ११० क्यूबिक फिट रहेको छ। उक्त काठसँग सम्बन्धित अनुसन्धानका क्रममा काठ मिलका सञ्चालक (साहु) लाई समेत नियन्त्रणमा लिइएको छ। बरामद काठ र नियन्त्रणमा लिइएका मिल सञ्चालकलाई आवश्यक कानुनी कारबाहीका लागि ठकुरापुर सब-डिभिजन वन कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ।























