चार महिनामा तीन हजार ४३५ विपद्का घटना

रासस


काठमाडौँ । गत वैशाखदेखि हालसम्म विपद्मा परेर १६६ जनाको ज्यान गएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस अवधिमा कुल तीन हजार ४३५ विपद्का घटना भएका छन् ।
विपद्मा परेर ९८८ जना घाइते भएका छन् । प्राधिकरणका अनुसार चार हजार ५३१ घर परिवार प्रभावित भएका छन् । सो अवधिमा सबैभन्दा बढी आगलागीका घटना भएका छन् ।
प्राधिकरणका अनुसार चार महिनामा ९१४ वटा आगलागीका घटना भएका थिए । सर्पदंशका ५३५, चट्याङ २२९, लेक लाग्नु ५५, जनावर आक्रमण १९०, हुरीबतास ४७८, पहिरो ४९५, बाढीका १७१ घटना घटेका छन् । यस्तै, भारी वर्षा १६६, डुङ्गा पल्टेर एक, डढेलो १९१, हिँउ पहिरो दुई, असिना चार र अन्य पनि चार छन् ।
त्यसैगरी, साउन २ गते बिहानदेखि ३ गते बिहानसम्म देशभर कुल ५८ वटा विपद्का घटना भएका थिए । विपद्मा परेर तीन जनाको ज्यान गएको छ भने १३ जना घाइते भएका छन् । कुल ४५ जिल्ला प्रभावित भएका छन् ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















