समाज

सप्तकोशी नदीमा पानीको बहाव उच्च, कोशी ब्यारेजमा २८ वटा ढोका खुला

देवराजा यादव
२०८३ साउन ३ | मध्यान्ह ०५:०४ बजे

सुनसरी। लगातारको वर्षापछि सुनसरी र सप्तरीसँग जोडिएको सप्तकोशी नदी (कोशी ब्यारेज) मा पानीको बहाव तीव्र रूपमा बढिरहेको छ। कोशी ब्यारेजमा आइतबार हाल पानीको बहाव २ लाख ९ हजार ८४० क्युसेक पुगेको छ। पानीको बहाव अझै बढ्दो क्रममा रहेको सम्बन्धित निकायले जनाएको छ।

हाल नदीको अवस्था खतरा तह (Danger Level) मा पुगेको छ। बढ्दो बहावलाई व्यवस्थापन गर्न कोशी ब्यारेजका २८ वटा ढोका खुला राखिएको छ।

नदी आसपासका तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन तथा अनावश्यक रूपमा नदी किनार र तल्लो तटीय क्षेत्रमा नजान आग्रह गरिएको छ। मौसममा अझै वर्षा भइरहेकाले आगामी केही समय पानीको बहाव थप बढ्न सक्ने सम्भावना रहेको जनाइएको छ। सम्बन्धित निकायले नदीको अवस्थाबारे निरन्तर निगरानी गरिरहेको छ।

कमेन्टहरु