परिभाषाविहीन, दिशाविहीन, नीतिविहीन र थितिविहीन राजनीति भइरहेको छः ओली

रासस


काठमाडौं, साउन ३। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले मुलुकमा परिभाषाविहीन, दिशाविहीन, नीतिविहीन र थितिविहीन राजनीति भइरहेको बताएका छन्।आइतबार सांसदहरूलाई प्रशिक्षण दिँदै उनले लोकतन्त्रमा सरकार परिवर्तनका लागि संवैधानिक, कानुनी, संसदीय बाटाहरू भएपनि अहिले बनेको सरकारको प्रारम्भ नै मान्छे मार्ने, मराउने, षड्यन्त्र गराउनेबाट सुरु भएको आरोप लगाए ।
ओलीले लोकप्रियताको नाममा पपुलिज्मको भद्दा अभ्यास भइरहेको पनि टिप्पणी गरे ।
उनले भने, ‘यहाँ प्रश्न पपुलारिज्मको मात्र होइन। पपुलारिज्मको कुरा मात्र भए पपुलिस्ट ढंगले आफूलाई लोकप्रिय बनाउने प्रयास गर्नु। त्योभन्दा अगाडि पपुलिस्ट हुने भद्दा प्रयास भएको छ।’
उनले सामाजिक सञ्जालमा दर्ता, उत्तरदायित्व र जवाफदेहिताको अभावका कारण निराधार तथा असत्य सूचना फैलाएर समाजमा भ्रम सिर्जना गर्ने प्रवृत्ति बढेको बताए।
ओलीले लोकप्रियता हासिल गर्ने नाममा ’पपुलिज्म’ को भद्दा अभ्यास भइरहेको उल्लेख गर्दै त्यसले समाज र राजनीतिमा विकृति बढाएको धारणा राखे। उनले
उनले भने, ‘सामाजिक सञ्जालले असामाजिक ढंगले काम गर्ने र समाजमा भयानक ढंगले विकृति फैलाउने। सामाजिक सञ्जालबाट स्वस्थ बहस हुन सक्छन्। तर कोही उत्तरदायी नहुने, दर्ता हुन नपर्ने, जवाफदेहिता हुनु नपर्ने, प्रतिनिधित्व लिन नपर्ने र निराधार, असत्य कुराहरू यसबाट प्रचार गर्ने, भ्रम फैलाउने काम भयो।’

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त


अरुपनि पढ्नुहोस
सबै
तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने
















