रूसमा भएको युक्रेनी आक्रमणमा ७ जनाको मृत्यु, २४ घाइते

एजेन्सी


मस्काे । पश्चिमी रूसमा भएको युक्रेनी ड्रोन आक्रमणमा ७ जनाको मृत्यु हुनुका साथै २४ जना घाइते भएको क्षेत्रीय गभर्नर एभगेनी पेरभिशोभले शनिबार बताएका छन् । पछिल्लो समयमा मस्कोको चार वर्ष भन्दा लामो आफ्नो क्षेत्र विरुद्धको आक्रमणको उचित प्रतिशोधको रुपमा युक्रेनले रूसका धेरै लक्ष्यहरूमा प्रहार गर्दै आएको जनाइएको छ ।
प्रारम्भिक जानकारी अनुसार कोटोभस्क सहरमा भएको आक्रमणमा २४ जना घाइते भएको उनले उल्लेख गरेका छन् । रूसी फर्म वाइल्डबेरीले विज्ञप्ति जारी गर्दै मस्को क्षेत्रको कोटोव्स्क र इलेक्ट्रोस्टलमा रहेका लजिस्टिक कम्प्लेक्सहरूसमेत आक्रमणको निशानामा परेको बताएको छ ।
टाम्बोभ क्षेत्रका सुविधामा लागेको आगो नियन्त्रणमा लिइसकिएको जनाइएको छ भने अग्निशामकहरू अझै उद्धारका लागि तैनाथ रहेको कम्पनीले बताएको छ । मस्को क्षेत्रमा रातारात ३७० वटा भन्दा बढी ड्रोन प्रक्षेपण गरिएको रूसी राजधानीका मेयर सर्गेइ सोब्यानिनले शनिबार बताएका छन् । उनका अनुसार हवाई रक्षा बलहरू द्वारा कर्यौ ड्रोन निक्रिय बनाइएको छ भने मस्को पुग्दा ६४ वटा युएभीहरू नष्ट भएका छन् ।
हाल वासिङ्टनले इरानसँगको द्वन्द्वमा ध्यान केन्द्रित गरेको कारण पछिल्लो समयमा युद्व अन्त्य गर्ने अमेरिकी नेतृत्वको कूटनीतिक प्रयासहरू रोकिएको जनाइएको छ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















