इरानविरुद्ध युद्ध सुरु गर्ने निर्णय गलत ठान्छन् अधिकांश अमेरिकी

एजेन्सी
२०८३ असार ३२ | मध्यान्ह ०२:०३ बजे

वाशिङटन डीसी । अमेरिकामा गरिएको नयाँ जनमत सर्वेक्षणले अधिकांश अमेरिकी नागरिकले इरानविरुद्ध युद्ध सुरु गर्ने निर्णय गलत भएको ठानेको देखाएको छ । युगभ र द इकोनोमिस्टले संयुक्त रूपमा गरेको सर्वेक्षणअनुसार ५७ प्रतिशत उत्तरदाताले इरानविरुद्ध युद्ध सुरु गर्नु गलत निर्णय भएको बताएका छन् । सर्वेक्षणमा सहभागी भएका २७ प्रतिशतले मात्र यो निर्णय सही रहेको बताएका छन् ।
युद्ध एक महिनाभित्र समाप्त हुनेछ वा अहिले नै सकिएको छ भन्ने धारणा राख्नेहरूको संख्या उल्लेखनीय रूपमा घटेको छ । मार्चमा यस्तो धारणा राख्ने २० प्रतिशत उत्तरदाता रहेकामा अहिले त्यो संख्या घटेर ८ प्रतिशतमा झरेको सर्वेक्षणले देखाएको छ ।






















