गुल्मीमा घरेलु पेस्तोल फेला

नवलपुर टुडे


गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका-१० देउराली-सिमिचौर सडकखण्ड माथिको झाडीमा वेवारिसे अवस्थामा एक थान घरेलु पेस्तोल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार स्थानमा शंकास्पद वस्तु रहेको सूचना प्राप्त भएपछि प्रहरी निरीक्षक सुदीप नेपालीको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो ।
प्रहरीले शंकास्पद वस्तुको सुरक्षित रूपमा जाँच गर्दा रातो फाइबरको झोलाभित्र पुरानो जस्तो देखिने एक थान घरेलु पेस्तोल फेला पारेको जनाएको छ । उक्त पेस्तोल स्थानीय व्यक्तिहरूको रोहवरमा कानुनी प्रक्रिया पूरा गरी बरामद गरिएको र जिल्ला प्रहरी कार्यालय गुल्मीमा ल्याएर राखिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी ) वीरेन्द्र वीर विश्वकर्माले जानकारी दिए ।
पेस्तोल त्यहाँ कसले, कहिले र किन छोडेको भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।


कपिलवस्तुका ७० स्थानमा छठघाट निर्माण

हिमाली जल सुरक्षाका लागि विपद् पूर्वतयारी र एकीकृत विकासमा जोड

गाउँमै उद्यम र रोजगारी सिर्जना गर्ने सम्भावना खोज्दै विद्यार्थी

संरक्षण नहुँदा खण्डहर बन्दै रसुवाको सीता गुफा
अरुपनि पढ्नुहोस
सबै
लेकसाइडमा ‘अपरेसन सभ्यता’ : तीन दिनमा ४४ जना कारबाहीमा

छठको दोस्रो दिन : गुह्येश्वरीमा तयारी अन्तिम चरणमा

बाढी प्रभावित बालबालिकाको संरक्षणमा सघाउन आह्वान

एआई प्रविधिमा लगानी बढाउने र सहकार्य सुदृढ गर्ने ईयूको तयारी
















