अमेरिकी नौसैनिक नाकाबन्दी पुनः लागू भएपछि बढ्यो विश्व बजारमा तेलको भाउ

एजेन्सी


लन्डन । अमेरिकाले लगातार चौथो रात पनि इरानमाथि हवाई आक्रमण जारी राख्दै इरानी बन्दरगाहतर्फ जाने–आउने जहाजमाथि पुनः नौसैनिक नाकाबन्दी लागू गरेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छ ।
बुधबार बिहानको कारोबारमा लन्डनस्थित आईसी एक्सचेञ्जको कोमेक्स डिभिजनमा कच्चा तेलको अन्तर्राष्ट्रिय बेञ्चमार्क ब्रेन्ट क्रुडको मूल्य शून्य दशमलव ३ प्रतिशतले बढेर प्रतिव्यारेल ८५ अमेरिकी डलर पुगेको छ । त्यस्तै अमेरिकी बेञ्चमार्क वेस्ट टेक्सास इन्टरमिडियट (डब्लुटीआई)को मूल्य शूनय दशमलव ५ प्रतिशतले बढ्दै प्रतिव्यारेल करिब ८० अमेरिकी डलर पुगेको छ ।
यद्यपि राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार स्ट्रेट अफ होर्मुज हुँदै आवतजावत गर्ने सबै मालवाहक जहाजमा २० प्रतिशत शुल्क लगाउने आफ्नो योजना त्यागेपछि तेल बजारका लगानीकर्ताले केही राहत महसुस गरेका छन् । उक्त योजना कार्यान्वयन भएको भए इरानले पनि स्ट्रेट हुँदै हुने आवागमनबाट शुल्क उठाउने प्रयासलाई वैधता मिल्ने विश्लेषण गरिएको थियो ।
बुधबार एउटा नोटमा दोयचे बैंकका विश्लेषकहरूले पछिल्लो मूल्यवृद्धिलाई लगानीकर्ताले धेरै ठूलो जोखिमका रूपमा नलिएको बताएका छन् । उनीहरूका अनुसार ब्रेन्ट तेलको मूल्य यस वर्षको सुरुआती उच्च स्तरभन्दा अझै निकै तल छ । केही महिनाअघि ब्रेन्टको मूल्य करिब दुई महिनासम्म प्रतिव्यारेल १०० डलरभन्दा माथि पुगेको थियो ।
यसैबीच, युद्ध पुनः सुरु भएपछि स्ट्रेट अफ होर्मुज भएर जहाजहरूको आवतजावत उल्लेखनीय रूपमा घटेको छ । जहाज ट्र्याकिङ कम्पनी क्प्लरका अनुसार मंगलबार उक्त स्ट्रेटबाट १७ वटा व्यावसायिक जहाज मात्र आवतजावत गरेका थिए । युद्धअघि भने यस मार्गबाट दैनिक औसत करिब १०० वटा व्यावसायिक जहाज गुड्ने गरेका थिए ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















