राजनीति

प्रचण्ड श्रीलंका प्रस्थान

नवलपुर टुडे
२०८३ असार ३१ | बिहान ११:०३ बजे

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड श्रीलंका भ्रमणमा निस्किएका छन् ।

तीन दिने भ्रमणका लागि प्रचण्ड अहिले त्रिभुवन विमानस्थलतर्फ पुगेका छन् । प्रवासी नेपालीले आयोजना गरेको कार्यक्रममा भाग लिन जान लागेको प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए ।

तर कुन कार्यक्रममा सहभागी हुन लागेको भन्ने विषयमा आचार्यले स्पष्ट खुलाएनन् । ‘प्रवासी नेपालीले आयोजना गर्न लागेको कार्यक्रममा भाग लिन जान लाग्नुभएको हो । कार्यक्रमको विस्तृत जानकारी छैन’, रातोपाटीसँग आचार्यले भने ।

कमेन्टहरु