उपराष्ट्रपति आज कतारको औपचारिक भ्रमणमा जानुहुँदै

नवलपुर टुडे
२०८३ असार ३० | मध्यान्ह ०२:०३ बजे

काठमाडौँ, असार ३०। उपराष्ट्रपति रामसहाय प्रसाद यादव आज दिउँसो ३ः३० बजे कतार प्रस्थान गर्दै हुनुहुन्छ ।उहाँ कतारका पूर्वअमिर शेख हमद बिन खलिफा अल थानीको निधनप्रति नेपाल सरकारका तर्फबाट शोक समवेदना व्यक्त गर्न कतारको तीन दिने औपचारिक भ्रमणमा जान लाग्नुभएको हो ।
उपराष्ट्रपति यादवसँग नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरू पनि सहभागी हुनुहुन्छ । उहाँ यही असार ३२ गते स्वदेश फर्कनुहुन तालिका छ ।






















