राष्ट्रपति पौडेलसँग उपराष्ट्रपति यादवको भेट

रासस
२०८३ असार ३० | मध्यान्ह ०२:०३ बजे

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग उपराष्ट्रपति रामसहाय प्रसाद यादवले भेटवार्ता गरेका छन् । आज राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा उपराष्ट्रपति यादवले आफ्नो कतार भ्रमणका बारेमा जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
उपराष्ट्रपति यादवले कतारका अमिर शेख तमिम बिन हमद अल थानीलाई राष्ट्रपति पौडेलको तर्फबाट शोक सन्देश हस्तान्तरण गर्ने कार्यक्रम छ ।






















