दुबई यूएई, धर्म–संस्कृति/रीतिथिति, प्रबास

सनातन गौ संरक्षण अभियान यूएईको तेस्रो अधिवेशन सम्पन्न, रमेश न्यौपाने अध्यक्षमा निर्वाचित

कबिराज राजबंशी
२०८३ असार ३० | मध्यान्ह १२:०३ बजे

FB IMG 1784005396500

प्रवास दुबई, यूएई | सनातन गौ संरक्षण अभियान यूएईको तेस्रो अधिवेशन तथा भजन–कीर्तन एवं सांस्कृतिक कार्यक्रम १२ जुलाई २०२६ मा बर दुबईस्थित होटल याक एण्ड यति क्लबको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ।

 

अधिवेशनबाट रमेश न्यौपाने अध्यक्षमा निर्वाचित हुनुभएको छ। निवर्तमान अध्यक्ष दया सागर दाहालले आफ्नो कार्यकालको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो।

 

कार्यक्रमको सञ्चालन महासचिव बिनिता परियार र सरु रेग्मीले संयुक्त रूपमा गर्नुभएको थियो। प्रमुख अतिथिका रूपमा नेपाली महावाणिज्यदूतावास, दुबईका महावाणिज्यदूत कुञ्जन शाहको विशेष उपस्थिति रहेको थियो।

 

निर्वाचन प्रक्रिया गोपाल पराजुलीको संयोजकत्वमा सम्पन्न भएको निर्वाचन समितिले सञ्चालन गरेको थियो। समितिका सदस्यहरूमा रमा पन्थ र मणि खतिवडा रहनुभएको थियो।

 

कार्यक्रममा सनातन गौ संरक्षण अभियान यूएईको भजन, हिन्दू जागरण नेपाल यूएईको भजन–कीर्तन, लुम्बिनी प्रदेश समाजको मौलिक गीत तथा बाल कलाकार प्राञ्जा र वर्षाको सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिएको थियो, जसले उपस्थित दर्शकको मन जितेको थियो।

 

वरिष्ठ उपाध्यक्ष लक्ष्मी शर्माले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा सुनिता संग्रौलाले स्वागत गीत प्रस्तुत गर्नुभएको थियो। त्यसैगरी रुपन्देही सेवा समाज यूएईकी अध्यक्ष कला पंगेनी, समाजसेवी तोयानाथ लम्साल तथा नेपाली समाज यूएईका महासचिव जीवन पंगेनीले शुभकामना मन्तव्य व्यक्त गर्दै नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो।

 

कार्यक्रममा कोषाध्यक्ष गणेश गैरेले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने निवर्तमान अध्यक्ष दया सागर दाहालले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले गौ संरक्षण, सनातन धर्मको संरक्षण तथा सामाजिक सेवाका क्षेत्रमा गरेका गतिविधिबारे जानकारी गराउनुभयो।

 

अधिवेशनले आगामी कार्यकालमा गौ संरक्षण, धार्मिक तथा सांस्कृतिक गतिविधिको प्रवर्द्धन, सामाजिक सेवामूलक कार्यक्रम सञ्चालन तथा यूएईमा रहेका नेपाली समुदायबीच आपसी एकता र सहकार्यलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

कमेन्टहरु